बारा- २ मा एमालेको जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल

बारा  । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं.२ मा नेकपा एमालेको जित सुनिश्चित रहेको बताउनुभएको छ ।

चुनावी अभियान अन्तर्गत बाराको पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले बारा २ का जनता एमाले जिताउन आतुर रहेको बताउनुभयो । 

पचरौतामा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उम्मेदवार पौडेलले मधेसको मुद्दा उठाएर चुनाव जित्नेहरूको दिन अब सकिएको बताउनुभयो । उहाँले बारा २ मा अब एमालेले नेतृत्व गर्ने र क्षेत्रको विकासलाई द्रुत गतिमा अघि बढाउने बताउनुभयो । 

''बारा २ का जनता एमालेलाई मतदान गर्न आतुर रहेको पाए, यो सबै यसअघि जितेकाहरूले काम नगर्दाको परिणाम हो'',  उम्मेदवार पौडेलले भन्नुभयो,  ''अब एमालेले चुनाव जितेपछि विकास भनेको के हो देखाउनेछ ।''

बारा -२ का मतदातालाई सत्तामा पुग्ने खुड्किलोको रूपमा प्रयोग गर्न केही नेताहरू चुनावी मैदानमा देखिएको भन्दै  उहाँले अब यस क्षेत्रका मतदाताले त्यस्तो हुन नदिने दाबी गर्नुभयो । उहाँले बारा २ का जनता सचेत रहेको र क्षेत्रको विकासका लागि काम गर्ने नेता चयन गर्न योग्य रहेको समेत बताउनुभयो। 

यसैगरी तेतरियामा आयोजित सभामा उम्मेदवार पौडेलले बारा २ नेकपा एमालेको क्षेत्र रहेको बताउनुभयो । 

बारा २ कम्युनिष्ट नेता सोहन चौधरीले चुनाव जितेको क्षेत्र रहेको स्मरण गराउँदै उम्मेदवार पौडेलले अब पुनः एमालेको झन्डै फहरिने बताउनुभयो । उहाँले एमालेले जितले मात्रै बारा २ को मुहार फेरिने बताउनुभयो । 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : १३ बजे