यस्तो छ आजको विनिमय दर

बैतडीको दोगडाकेदारमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । 

अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । 

शनिवार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो । 

उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ । थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ४४ बजे