आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार हुँदै 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । 

प्रधानमन्त्री दाहालले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीले नेपाली काँग्रेसका सांसद एनपी साउदलाई आज परराष्ट्र मन्त्रीमा शपथ गराउने तयारी गर्नुभएको छ । अन्य मन्त्रीहरूको भने टुङ्गो लागेको छैन । नयाँ मन्त्रीहरूको शपथ अपराह्न ३ः०० बजेका लागि तोकिएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गर्न परराष्ट्र मन्त्री तत्काल आवश्यक भएपछि आज सांसद साउदको शपथ ग्रहण गराउन लागिएको हो ।

काँग्रेसको भागका अन्य चार मन्त्रीको शपथ ग्रहण भने उपचुनावपछि हुने बताइएको छ । 

प्रधानमन्त्रीको भारत भ्रमण वैशाख दोस्रो साताभित्रै हुँदै छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ३१ बजे