व्यक्तिगत घटना दर्ता सप्ताहको आज तेस्रो दिन

काठमाडौँ । व्यक्तिगत घटना दर्ता सप्ताहको आज तेस्रो दिन रहेको छ । 

देशभर शुक्रवारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन हो । 

शुक्रवारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ ।  वैशाख १ गतेबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । 

जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ०५ बजे