मौसम : यी प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौँ ।  हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै, आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम आंशिक बदली रहनेछ । 

कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० वैशाख ३ गते (आइतबार)
दिउँसोː
देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।

कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ ।

रातीː देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने छ। कोसी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। 

२०८० वैशाख ४ गते (सोमबार)
दिउँसोː
देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा सामान्यतया मौसम सफा रहने छ।

देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ ।

रातीː   देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने छ।

२०८० वैशाख ५ गते (मङ्गलवार)
दिउँसोː   
देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी  भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का /क्षणिक वर्षाको वर्षाको सम्भावना रहेको छ।

रातीː देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ०० बजे