यस्तो छ आजको विनिमय दर

पेस्तोल पड्किँदा पूर्वमन्त्री पुनकी आमा घाइते, भीआईपी सुरक्षामा खटिएका प्रहरी हवल्दार प्रहरी नियन्त्रणमा

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमालाई गोली लागेकाे  छ ।  शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा पेस्तोल पड्किँदा  ७४ वर्षीय तिर्थमाली पुन मगर  घाइते भएकी छिन् । उनको खुट्टामा गोली लागेको छ ।

 उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  कामु प्रधानन्यायाधीश  हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका   सहायक हवल्दार प्रकाश पुन मगरले  बोकेको पेस्तोल पड्किँदा  पूर्वमन्त्री  पुनकी आमा तीर्थमाया  घाइते भएकी   हुन्  ।

राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार  मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखिएकाे छ ।

स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । नातामा तिर्थमाली उनको हजुरआमा हुन् ।  रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ । गोली किन चल्यो खुलिनसकेको र अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ । 'असावधानीवश' गोली पड्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । नयाँ वर्ष मनाउने भन्दै प्रकाश पुन शुक्रबार गैरीधारामा रहेको तीर्थमाया बस्ने घरमा गएका थिए । तीर्थमाया छोराहरु डेभिड पुन र प्रनिस पुनसँग बस्थिन् । डेभिड र प्रनिस वर्षमानका भाइ हुन् । केही समय अघि प्रकाश पनि त्यही घरमा बस्थे । अहिले उनी छुट्टै डेरा लिएर बस्ने गरेको प्रहरीले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : ४९ बजे