आजदेखि वर्ष २०८० प्रारम्भ, शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै

काठमाडौँ । आजबाट विक्रम संवत् २०८० सुरु भएको छ । वैशाख १ गतेलाई नेपालीहरूले नयाँ वर्षको रूपमा मनाउँदै आएका छन्। 

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश तथा विदेशमा रहेका नेपालीहरूले ले एक अर्कामा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् । 

नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरू भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन्  । यस दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ ।

मल्लकालदेखि नेपालमा मौलिक संवत्का रूपमा चल्दै आएको विक्रम संवत् विक्रमादित्यले चलाउनुभएको हो । नेपालमा मात्र मौलिक रूपमा यो संवत् चल्छ । 

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ६ : २८ बजे