‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सैनिक शिविरमा गोली हानाहान, चारको मृत्यु

भटिन्डा (पञ्जाब) – यहाँस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ । आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो ।

सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ४ः३५ बजे भटिण्डा सैनिक शिविरमा गोली हानाहान भएको थियो । घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो  । घटनास्थल र वरपरको क्षेत्रलाई घेराबन्दी  गरी घटनामा संलग्नको खोजी भइरहेको छ । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ । 

रासस /एएनआई

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  २ : २४ बजे