यस्तो छ आजको विनिमय दर

६२ वर्षीय बृद्धमाथि २२ वर्षिया युवतीलाई पटक-पटक बलात्कार गरेको आरोप

तेह्रथुम । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना जेष्ठ नागरिक समातिएका छन् । 

तेह्रथुमको छथर गाउँपालिका-६ सुदापका ६२ वर्षीय गोपाल गुरुङलाई बलात्कार अभियोगमा प्रहरीले आज पक्राउ गरेको हो । गुरूङले ती युवतीलाई ललाई फकाई गत भदौदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अस्थायी प्रहरी पोष्ट ओख्रेबाट खटिएको प्रहरीले गुरुङलाई समातेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  २ : २० बजे