यी ६ संस्थाले गर्ने भए उपनिर्वाचनको पर्यवेक्षण

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई अनुमति दिएको छ ।

आयोगको हिजो बसेको बैठकले बारा( २, तनहुँ(१ र चितवन(२ मा हुन गइरहेको उपचुनावको पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई अनुमति प्रदान गरेको आयोगका सहसचिव एंव प्रवक्ता शालिग्राम शर्मा पौडले जानकारी दिए । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा ९२० बमोजिम जाँचबुझ गर्दा ती संस्थाहरुले मात्र आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले सोही निर्देशिकाको दफा १० को उपदफा ९१० बमोजिम पर्यवेक्षण गर्न अनुमति दिने निर्णय गरिएको उनले बताए ।

निर्वाचन पर्यवेक्षण गर्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक०, अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०, सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ नेपाल, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपालले अनुमति प्राप्त गरेका हुन् ।

ती संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाई सिफारिस भई आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइने आयोगका प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १ : ४६ बजे