मदन भण्डारी फाउन्डेसनको ‘जबज संवाद’को दोस्रो शृङ्खला आज

काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादबारे जबज संवाद’ को दोस्रो शृङ्खला आज आयोजना गर्दै छ । 

‘जबज संवाद’ शृङ्खला सञ्चालन गर्दै आइरहेको फाउन्डेसनले आज दोस्रो शृङ्खला गर्न लागेको हो । 

दोस्रो संवाद शृङ्खलामा ‘संसदीय लोकतन्त्रमा दलीय प्रतिस्पर्धा र सहकार्य’ विषयमा विचार गोष्ठी आयोजना गरिएको फाउन्डेसनका सचिव पेम्बा लामाले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज दिउँसो साढे २ बजे मदन भण्डारी मेमोरिअल कलेजमा संवाद शृङ्खला आयोजना हुनेछ । 

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ३४ बजे