सांसद श्रेष्ठ जोडिएको अडिओबारे निर्णय लिन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । 

सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन आज बिहान ९ः०० बजे केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियो सम्बन्धी प्रतिवेदन मङ्गलवार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताउनुभएको छ । उहाँले दुर्गा प्रसाईँलाई नचिनेको र फोन संवाद समेत नगरेकोसमेत दाबी गर्नुभएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : ५५ बजे