काठमाडौं – सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।
प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ७ : ३२ बजे
प्रतिक्रिया