काठमाडौँ । अखिल नेपाल महिला सङ्घ (अनेमसंघ)को अध्यक्षमा टुका हमाल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।
आइतबार राति अबेर सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनबाट हमाल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो ।
त्यस्तै, सम्मेलनको बन्द सत्रबाट सङ्घको उपाध्यक्षमा मेनुका काफ्ले, मेनका पोखरेल, रूकमणी राना, सुमित्रा वि.सी, शर्मिला कार्की, विमला राई पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, सङ्घको महासचिवमा पेम्बा लामा, उपमहासचिवमा शान्ति अधिकारी, सचिवहरूमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवि पुन, बिना ज्ञवाली, मीना रखाल, आशा बि.क. र कोषाध्यक्षमा इन्दिरा फुयाँल सर्वसम्मत निर्वाचित हुनुभएको छ । सदस्यहरूको नामावली भने आज घोषणा हुने जनाइएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आज बिहान ११ः०० बजे एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने नव निर्वाचित महासचिव पेम्बा लामाले जानकारी दिनुभयो ।
सम्मेलनको शनिवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ९ : १६ बजे
प्रतिक्रिया