‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

फ्रान्समा हिम पहिरोमा परी पाँच जनाको मृत्यु

काठमाडौँ । फ्रान्समा आइतबार गएको हिम पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । 

दक्षिण पूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै गएको हिम पहिरोमा परी पाँच जनाको मृत्यु भएको फ्रान्सेली समाचार संस्थाहरूले जनाएका छन् । 

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिन ट्विटरमा समेत लेख्नुभएको छ, ‘हिम पहिरो गएको सूचना पाउँनासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।’ 

हिम पहिरो गएको स्थानमा उद्धार कार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्न सक्ने आशा क्षीण बन्दै गएको जनाइएको छ । समाचारअनुसार हिम पहिरो गएको उक्त स्थानमा एक दर्जनभन्दा बढी व्यक्ति रहेका थिए । 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : २० बजे