काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन हुदैँछ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने गर्नुहुने महाधिवेशन २७–२९ गतेसम्म जारी रहनेछ ।
नेपालगञ्जमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा १० हजारभन्दा बढीको जनसहभागिता रहने सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनमा २ हजारभन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने छन् ।
प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ६ : ५० बजे
प्रतिक्रिया