‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

फिलिपिन्समा आगलागी हुँदा सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । 

राति १० बजेअघि आगलागी भएको थियो । स्थानीय समय अनुसार शनिबार तायटे शहरमा तीव्र गतिमा फैलिएको  आगोले छरछिमेकमा ४० भन्दाबढी घरहरू आगोको चपेटामा परेका थिए  ।

अग्निपीडितहरू घरमा फसेका थिए र भने केही शवहरू भान्साको भुइँमा र बाथरूम भित्र फेला परेको प्रहरीले जनाएको छ। उक्त  आगलागीका कारण ६० भन्दाबढी परिवार घरबारविहीन भएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ ।
 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  २ : ३० बजे