यस्तो छ आजको विनिमय दर

१ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोटसहित एक युवा पक्राउ

सर्लाही । सर्लाहीमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन् । 

सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका–५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरेको हो ।

बरहथवा नगरपालिका–१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिँडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको सलार्ही प्रहरीका डिएसपी तथा प्रवक्ता डिएसपी कैलाश राईले जानकारी दिनुभयो । उहाँका अनुसार  पक्राउ रायका साथबाट १ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको हो ।

प्रहरीले राय सवार भारतीय नम्बर प्लेटको बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकलसहित अर्को भारतीय नम्बर प्लेटको गरी दुई वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : २१ बजे