दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेको चेल्सी पराजित

काठमाडौँ । नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेका भए पनि इंग्लिस प्रिमियर लिगमा चेल्सीले पराजय भोग्नुपरेको छ ।

घरेलु टोली वल्भ्ससँग चेल्सीले १–० ले पराजय भोग्नु परेको हो । चेल्सीको पराजयमा वल्भ्सका म्याथिअस नुनेसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

हालै मात्रै अन्तरिम प्रशिक्षकमा रूपमा नियुक्त भएका फ्रान्क लाम्पार्डको उपस्थितिमा भएको पहिलो खेलमा चेल्सीले पराजय भोग्नुपरेको हो । गत साता मात्रै लाम्पार्ड प्रशिक्षकमा नियुक्त भएका थिए । उनी नियुक्त भएपछि चेल्सीको यो पहिलो खेल हो । 

यस पराजयसँगै ३० खेलबाटै ३९ अङ्क जोडेर चेल्सी ११औँ स्थानमा रहेको छ भने जितसँगै वल्भ्स ३० खेलबाट ३१ अङ्क जोडेर १२औँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : १४ बजे