‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

चाडद्वारा जर्मनीका राजदूतलाई निष्कासित

एनजामेना । अभद्र व्यवहार र कूटनीतिक अभ्यास विपरीत काम गरेको आरोप लगाउँदै चाड सरकारले यहाँस्थित जर्मनीका राजदूतलाई निष्कासन गरेको छ । राजदूत जन क्रिश्चियनगार्डन क्रिकलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिइएको जनाइएको छ । 

राजदूत निष्कासनबारे औपचारिक जानकारी नदिइएका पनि चाड सरकारका प्रवक्ता अजिज महमत सालेहले उनलाई चाडको सिमानाबाट बाहिरिन आग्रह गरिएको पुष्टि गरेका छन् । 

यहाँस्थित जर्मनीको राजदूतावासले सामाजिक सञ्जालबाट राजदूतलाई निष्कासनको आदेश दिइएको जानकारी प्राप्त भएको बताएका छन् । राजदूत क्रिकले यसअघि नाइजर, अङ्गोला र फिलिपिन्समा कूटनीतिज्ञका रूपमा काम गरिसकेका छन् । उनी अस्थिल सहेल क्षेत्रमा जर्मनीका विशेष प्रतिनिधि पनि थिए । 

सरकारले धेरै पटक चेतावनी दिए पनि त्यसको बेवास्ता गर्दै राजदूत क्रिककले चाडको शासन व्यवस्थामा अत्यधिक हस्तक्षेपका साथै विभाजनकारी टिप्पणी गरेको चाड सरकारका अर्का एक अधिकारीले बताएका छन् । 
 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ४ : ५७ बजे