दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सन्दकपुर गोल्डकप : आयोजक देउरालीलाई हराउँदै दमक सेमिफाइनल प्रवेश

इलाम । घरेलु टिम देउराली स्पोटिङ क्लबलाई हराउँदै दमक फुटबल एकेडेमी तेस्रो सन्दकपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । 

प्रतियोगिताको उद्घाटन खेलमा देउरालीलाई टाइब्रेकरमा ४—२ गोल अन्तरले हराउँदै दमकले अन्तिम ४ मा स्थान बनाएको हो । 

निर्धारित समयमा दुवै टोलीबाट १—१ गोल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औ मिनेटमा दमकले पेनाल्टीमा सुरुवाती अग्रता बनाउन सफल रह्यो । दमक लागि रोशन तामाङले गोल गरे । ७६ औ मिनेटमा विनोद धमलाले बराबरी गोल फर्काए ।खेलको म्यान अफ दि म्याच दमकका समीर लिम्बु घोषित हुँदै नगद २ हजार प्राप्त गरे । 

प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा नवप्रयास युवा क्लब ताप्लेजुङ र बिर्तामोड युनाइटेड झापा बिच प्रतिस्पर्धा हुनेछ ।

वैशाख १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले विजेताले नगद १ लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद ८१ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ । 

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही ४÷४ हजार पाउनेछन् । 

प्रतियोगिताको उद्घाटन सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : २३ बजे