‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सन् २०२२ मा भारतमा करिब ६२ लाख विदेशी पर्यटकको आगमन

नयाँ दिल्ली – भारतमा ६१ लाख ९० हजार विदेशी पर्यटक भित्रिएको पर्यटन मन्त्रालयले शुक्रबार जनाएको छ ।

कोभिडजन्य प्रतिबन्धका कारण सन् २०२१ मा १५ लाख २० हजार विदेशी पर्यटक मात्र भारत आएका थिए ।

अध्यागमन विभागको तथ्याङ्कलाई उद्धृत गर्दै पर्यटन मन्त्रालयले कोभिड–१९ महामारीपछि यो पुन ः उत्थानको सङ्केत भएको जनाएको छ । 

कोभिडजन्य परिस्थितिका कारण पर्यटनमा समस्या आउनु पहिले सन् २०१९ मा एक करोड नौ लाख ३० हजार विदेशी पर्यटक भारत आएका विभागले जानकारी गराएको छ । 

विदेशी पर्यटकको आगमन बढाउन पर्यटन प्रवद्र्धनका लागि सङ्घीय सरकारले पहल गरिरहेको, पर्यटकका लागि अनुभवलाई राम्रो बनाउन पर्यटनसम्बन्धी पूर्वाधार विकासका लागि स्थानीय तहलाई आर्थिक सहयोग समेत उपलब्ध गराउन लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आन्तरिक तथा बाह्य पर्यटकका लागि चौबिसै घण्टा बहुभाषिक पर्यटक सूचना हेल्पलाइन स्थापना गरेको छ । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : ५७ बजे