साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

एमालको एउटा पक्षसँग हाम्रो पुरानो लभ छँदैछ : प्रचण्ड 

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको एउटा तप्कामा आफ्नो पुरानो लभ बाँकि नै रहकोले केपी ओली नेतत्वको सरकार ढालि छाड्ने बताउनुभएको छ ।   

नेकपा माओवादी केन्द्र कर्णाली सम्पर्क समितिद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओली सरकारलाई कुनै पनि हालतमा निरन्तरता दिन नहुने भन्दै काँग्रेसले सरकार ढाल्न तत्परता देखाएको र जसपाले पनि पार्टीमा छलफल गर्छु भनेकाले केही दिनमै नयाँ सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले विभिन्न पार्टीहरूसँग मोर्चा बनाएर ओलीलाई विघटनतर्फ पुर्याउने चेतावनी दिनुभयो । ‘एमालको एउटा पक्षसँग हाम्रो मोर्चा छदैछ । हाम्रो  पुरानो लभ छँदैछ । ’ 

आफुहरुको लभलाई अदालतले टुटाइदिएको भन्दै प्रचण्डले लभ परिरहेको श्रीमान श्रीमतीलाई अदालतले छुटाइदिएपछि दुलाह दुलही रुँदै हिड्नु परेजस्तैको अवस्था आफ्नो भएको बताउनुभयो । 

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ३ : ०१ बजे