दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै छन् । 

अपराह्न २ः०० बजे एन्फा कम्प्लेक्समा जावलाखेल यूथ क्लब र खुमलटार यूथ क्लब बीच प्रतिस्पर्धा हुनेछ । 

६ खेलबाट १३ अङ्क जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार ६ खेलबाट ६ अङ्क जोडेर ११ औँ स्थानमा छ ।  

यसैगरी, सोही समयमा च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । 

मनाङ मर्स्याङ्दी ५ खेलबाट ११ अङ्क जोडेर चौथो स्थानमा छ भने ५ खेलबाट ४ अङ्कका साथ फ्रेन्ड्स भने १२औँ स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : २१ बजे