‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राहुल र प्रियङ्का गान्धीलाई भेटेपछि सिद्धुले भने, ‘एक इन्च पनि पछि हटिदैन्’

नयादिल्ली ।  ३५ वर्ष पुरानो रोड रेज मुद्दामा जेलबाट बाहिर आउनुभएका नवजोत सिंह सिद्धुले बिहीबार राहुल गान्धी र पार्टी महासचिव प्रियङ्का गान्धीसँग भेट  गर्नुभएको छ ।

सो भेटपछि सिद्धुले भन्नुभयो ,  ‘मलाई फेरी पनि जेलमा हाल्न सकिएला,  धम्की दिन सकिएला तर पञ्जाब र पार्टीका नेताहरूको बारेमा आफ्नो सङ्कल्पबाट भने पछि हट्ने छैन ।’

सिद्धुले राहुल र प्रियङ्कासँगको भेटको तस्बिर ट्विट गर्दै भन्नुभएको छ,  ‘नयाँ दिल्लीमा गुरु राहुल जी र मित्र दार्शनिक प्रियङ्का गान्धीलाई भेटे। तिमी मलाई जेलमा हाल्न सक्छौँ, डराउन सक्छौँ। तपाई मेरो सबै खाताहरू ब्लक गर्न सक्नुहुन्छ तर पञ्जाब र मेरा नेताहरूको लागि मेरो सङ्कल्प एक इन्च पनि पछि हट्ने छैन।’ 

भारत सरकारले विपक्ष दलका नेता राहुल गान्धी माथि धरपकड गरेको भाष्य निर्माण भइरहेको बेला सिद्धुको यो ट्विटको राजनीतिक अर्थ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

स्मरण रहोस् कि सिद्धु सन् १९८८ को रोड रेज मामिलामा १ अप्रिलमा पटियाला जेलबाट रिहा हुनुभएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ३३ बजे