सरकारका न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्न सत्ता गठबन्धनको बैठक जारी 

काठमाडौँ ।  १० राजनीतिक दल आबद्ध सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको गठबन्धनको बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्ने तथा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल भइरहेको छ ।

नेपाली काँग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाएको न्यूनतम साँझ कार्यक्रमलाई सार्वजनिक गर्नु अघि गठबन्धनका शीर्ष नेताबाट अनुमोदन गराउनका लागि बैठक बसेको हो । 

शीर्ष नेताबाट अनुमोदन भएपछि आजै साँझ ५ः०० बजे सरकारका प्राथमिकता तथा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिन बताइएको छ ।

तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको र नेपाली काँग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको बुझिएको छ । 

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  १० : ३० बजे