दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

लुम्बिनीमा पिस हाफ म्याराथन सुरु, दुई हजारभन्दा बढी सहभागी

लुम्बिनी । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिता’ सुरु भएको छ । 

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्ति दीपमा बालेको दीप प्रशिक्षक तथा ओलम्पियन चन्द्रबहादुर गुरुङ, विमला राना र मोहन घलेलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गर्नुभयो ।

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । 

प्रतियोगितामा देशभरका दुई हजार पाँच सय ५० महिला तथा पुरुष  खेलाडी  सहभागी छन् । 

मायादेवी  मन्दिर प्रवेशद्वारबाट सुरु भएको म्याराथनका सहभागीले लुम्बिनी वरपर दुई फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्ने आयोजक संस्था मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । 

प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई रु एक लाख ५० हजार, दोस्रोलाई रु ७५ र तेस्रोलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । यस्तै महिलातर्फ प्रथम हुनेलाई रु एक लाख ५१ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

दुवै विधामा दशौँसम्म स्थान प्राप्त गर्ने खेलाडीलाई पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिने बताइएको छ । ​​​​

​​​​​​​

​​​​​​​

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ९ : ५३ बजे