साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

नेपालमा रेडियोधर्मीको मात्रा विश्व औसत भन्दा बढी

काठमाडौं ।  बल्खु देखि हेटौडासम्मको वातावरणमा र जमिनमा पाइने रेडियोधर्मी पदार्थको मापन गर्दा विश्वको औसत मान भन्दा बढी पाइएको छ।

त्रिभुवन विश्वविद्यालयबाट भौतिक शास्त्रमा प्रा. डा. राजु खनालको सुपरिवेक्षणमा विद्यावारिधि पुरा गर्नु भएकी डा अनिता मिश्रले शुक्रवार आफ्नो शोध प्रस्तुत गर्ने क्रममा सो कुराको जानकारी गराउनु भयो।

मिश्र र उहाँको टिमले वातावरणमा पाइने प्राकृतिक रेडियोधर्मी र जमिनमा पाइने युरेनियम(U), थोरियम(Th), र पोटासियम(K) को मापन कान्तिलोकपथ अन्तर्गत बल्खु देखि हेटौडासम्म गर्नु भएको थियो। अध्ययन पाँचवटा खण्डमा गरिएको थियो।

बल्खु देखि लामागाउँ खण्डमा औसत डोज रेट 116 nGy/hr(74-154 nGy/hr) मापन गरिएको थियो भने लामागाउँबाट कुलेखानी खण्डमा 130 nGy/hr(93-180nGy/hr) मापन गरिएको थियो।

त्यसैगरि दक्षिणकाली देखि कुलेखानी खण्डमा 131 nGy/hr (92-206nGy/hr) मापन गरिएको थियो भने कुलेखानी देखि भिमफेदी खण्डमा 119nGy/hr(77- 175 nGy/hr) मापन गरिएको थियो । सबै भन्दा कम डोजरेट भिमफेदी देखि हेटौडा खण्डमा 87 nGy/hr(45-149nGy/hr) मापन गरिएको थियो जुन विश्वको औसत भन्दा बढी हो। शोध प्रस्तुतिकर्ताको अनुसार उचाई बढ्दै जाँदा डोजको मात्रा नि बढी पाइएको र पहाडी र हिमाली क्षेत्रमा उच्च रहेको बताउनु भयो।

अत्याधुनिक यन्त्र गामा रे इस्पेक्टोमिटर प्रयोग गरिएको अनुशन्धानमा सबै भन्दा बढी डोजरेट दक्षिणकाली कुलेखानी खण्डमा पाइएकोमा कान्तिलोकपथको औसत डोजरेट 119 nGy/hr जुन विश्व औसत डोजरेट भन्दा दोब्बर पाइएको थियो।

अध्ययनका अनुसार क्यान्सरको जोखिम विश्वको औसत दर भन्दा यस क्षेत्रमा उच्च पाइएको छ। नाष्टको सहकार्यमा वैज्ञानिक रामचन्द्र भट्टले काठमाडौँको खोलाहरूको सेडिमेन्टको digiBase NaI(Ti) gamma-ray Spectrometer को माध्यमबाट U, K र Th को मापन गर्दा विश्वको औसत मानसँग समान पाइएको बताउनु भयो। भट्टका अनुसार काठमाडौँको सेडिमेन्ट निर्माण सामाग्रीको लागि प्रयोग गर्दा कुनै रडियोलोजिकल जोखिम नरहेको जानकारी दिनुभयो।भट्ट र कार्की लगायत टिमको सो अनुसन्धान कृति विश्वको प्रतिष्ठित जर्नल RPD मा नै गत साता प्रकाशित भएको थियो।

पिएचडी शोधकर्ता एव वैज्ञानिक राम कार्कीले बल्खु देखि कुलेखानीसम्ममा पाइने प्राकृतिक रेडियोधर्मीको मात्रा प्रत्येक 2 किमीमा गर्नु भएको र औसत डोजको मान 2.6 mSv/yr पाइएको जुन विश्वको औसत मान 2.4 mSv/yr भन्दा बढी रहेको जानकारी गराउनु भयो। उहाँका अनुसार यदि रेडियोधर्मीको मात्रा समय समयमा मापन गरिएको खण्डमा क्यान्सर लगायत स्वास्थ्यमा हुने समस्याको पूर्व जानकारी दिन सकिने बताउनु भयो।

वैज्ञानिक कार्की र भट्टका अनुसार नेपालको सबै क्षेत्रको रेडियोधर्मीको मापन जरुरी रहेको र यदि सरकारले बजेट दिएको खण्डमा आफूहरूले मापन गरि रेडियोलोजिकल म्याप तयार गर्न सक्षम रहेको जानकारी दिनु भयो।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १२ : ०३ बजे