राजमार्गमा दृष्य एक, पीडा अनेक

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवार माथि परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ । 

आयोगले उम्मेदवारका विरुद्धमा मङ्गलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।  

तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्ध आयोगले मङ्गलवार उजुरी दर्ताको समय तोकेको थियो । तीन वटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रबी लामिछाने विरुद्ध ४ वटा उजुरी परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो । उहाँ माथि परेको उजुरी माथि चितवन निर्वाचन कार्यालयले छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्तिपथमा पत्र पठाउँदै छ । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : ५५ बजे