राजमार्गमा दृष्य एक, पीडा अनेक

लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णय विरुद्धको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

मङ्गलवारका लागि सुनुवाइको पेसी तोकिए भए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि आज १०ः०० बजेका लागि न्यायाधीश सिन्हा सहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । 

सर्वोच्चका न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा आफ्ना राय आइसकेकाले आफूसहितको इजलासमा निवेदन पेस गर्नुपर्ने जनाउनुभएको छ ।

सभापति लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल) सर्वोच्च पुग्नुभएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ४५ बजे