साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

जनमत पार्टीको पहिलो महाधिवेशन जनकपुरमा शुरु

जनकपुर । सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन शनिबारदेखि जनकपुरको बाह्रविघामा सुरु भएको छ । सो महाधिवेशनमा पाँच हजार प्रतिनिधि र २५ हजार स्वयंसेवकको सहभागिता रहने जनमत पार्टीको दावी छ । 

महाधिवेशन एक दिनको मात्र हुनेछ । त्यही कारणदेखाउदै उद्घाटन सत्रका लागि अन्य पार्टी, संघ, संगठनका प्रतिनिधिलाई अतिथि तथा वक्ताको रुपमा निमन्त्रणा नगरिएको जनमत पार्टीले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि सिके राउत स्वंय रहने छन् भने अतिथिका रुपमा सहिद परिवार, जेलनेल भोगेका तथा घाइते, आन्दोलनका क्रममा मुद्दा खेपेकाहरुलाई बनाउने तयारी रहेको छ । उद्घाटन सत्र सकिएपछि आजै नै ३ बजेदेखि बन्दसत्र सुरु हुनेछ । 

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  २ : ४८ बजे