‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७९ सुक्मित गुरुङलाई

काठमाडौं । बिन्ध्यवासिनी म्युजिकले यो वर्षको संगीत साधना सम्मान गायिका सुक्मित गुरुङलाई प्रदान गर्ने भएको छ । 

आगामी २२ वैशाखमा हुने बिन्ध्यवासिनी म्युजिक अवार्डको १३औं संस्करण कार्यक्रममा उनलाई संगीत साधना सम्मानबाट सम्मानित गर्न लागिएको हो । 

यसअघि बिन्ध्यवासिनी संगीत साधना सम्मानबाट भजन शिरोमणि भक्तराज आचार्य,  वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, संङ्गीतकार शक्ति बल्लभ, गीतकार कृष्णहरि बराल , गायक दीप श्रेष्ठ, गायिका ज्ञानु राणा, गायक दिपक खरेल, गायिका कुन्ति मोक्तान र गायिका तारा थापालाई सम्मानित गरिएको थियो । 
 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ६ : ०४ बजे