पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको सङख्या बढ्दै गईरहेको छ । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप ७६ जना संक्रमित थपिएको छ।

देशभर गरिएको ३ सय ४५ पीसीआर परीक्षणमा ४९ जना र ८ सय ६ एन्टीजेन परीक्षणमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

यसैगरी, पछिल्लो २४ घण्टामा १६ जना निको भएका छन् । हाल संक्रमण पुष्टि भएका २ सय २७ सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : ४५ बजे