आइतबार थपिए ३८ जना कोरोनाका बिरामी, सक्रिय संक्रमितको संख्या पुग्यो १९४

काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९४ जना पुगेको छ। चैत पहिलो हप्तासम्म १० जनाभन्दा थोरै रहेको सक्रिय संक्रमितको संख्या पछिल्लो एक हप्तायता बढ्दै गएको संक्रमण दरले देखाएको हो। 

आइतबार ३८ जना कोरोना संक्रमित थपिएका छन्। ७ सय १ जनामा गरिएको परीक्षणमा ३८ जना संक्रमित थपिएका हुन्। आइतबार १४ जना संक्रमणमुक्त भएका छन्। शनिबार पनि ३८ जना संक्रमित थपिएका थिए। 

गत २४ घन्टामा नेपालभर १८ हजार ५९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ५ : ५१ बजे