काठमाडौँ । मञ्जु शर्मा अन्सारीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सिंहदरबारस्थित कानुन समितिको हलमा आज सभामुख देवराज घिमिरेसमक्ष अन्सारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिनुभएको हो ।
सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा उहाँलाई जसपाले सांसद बनाएको हो । अन्सारी पार्टीको मुस्लिम समुदायबाट समानुपातिक तर्फको सूचीको दोस्रो वरीयतामा हुनुहुन्थ्यो ।
प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार ११ : ३९ बजे
प्रतिक्रिया