प्रतिनिधिसभा बैठक बस्दै: प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज दिउँसो ः०० बजेका लागि बोलाइएको छ ।

आज बस्न बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, आजको बैठकमा प्रतिनिधिसभा नियमावली माथि दफावार छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको छ । जसअनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।  

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : १३ बजे