काठमाडौँ । नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७९’ मा लघु चलचित्र ‘कस्तुरी’ उत्कृष्ट भएको छ ।
नवीन दाहालले निर्देशन गरेको उक्त चलचित्रले नगद रु दुई लाख तथा सम्मान पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा लघु चलचित्र ‘सहिदको श्रीमती’ ले द्वितीय स्थान हासिल गर्दै नगद रु एक लाख ५० हजार तथा सम्मान पत्र प्राप्त गरेको छ भने तृतीय स्थानमा लघु चलचित्र ‘आर्मी नेभर अफ डिउटी’ परेको छ । उक्त चलचित्रले रु ५० हजार पुरस्कार नगद र सम्मान पत्र प्राप्त गरेको छ ।
लघु चलचित्र ‘एक सङ्कल्प’ र ‘सेनाको सन्तति’ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट भएका चलचित्रलाई आज आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नगद तथा सम्मान पत्र वितरण गर्नुभएको थियो ।
सो अवसरमा लघु चलचित्र मूल्याङ्कनमा संलग्न लगायतका व्यक्तित्वलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै ‘सिपाही वार्षिक र द शिवपुरी जर्नल’ का उत्कृष्ट लेखकलाई पुरस्कार प्रदान गरिएको थियो ।
प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार ७ : १७ बजे
प्रतिक्रिया