सप्तरी । सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अरू तीन जना घाइते भएका छन् ।
शुक्रवार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ कंकालिनी मन्दिर र कोसी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो ।
दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार ६ : ५५ बजे
प्रतिक्रिया