एनपीएलको ट्रफी सार्वजनिक

खोप आपूर्ति सुचारु गर्न आग्रह गर्दै स्वास्थ्यमन्त्री त्रिपाठी र भारतीय समकक्षीबीच टेलिफोन संवाद

काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र भारतीय समकक्षी हर्ष वद्र्धनबीच कोभिड– १९ खोप आपूर्ति गर्ने विषयमा शुक्रबार टेलिफोन संवाद गर्नुभएको छ । 

संवादका क्रममा स्वास्थ्यमन्त्री त्रिपाठीले अवरुद्ध खोप आपूर्तिलाई सुचारु गर्न भारतलाई आग्रह गरिएको बताउनुभयो  ।  मन्त्री त्रिपाठीले नेपाल र भारतबीच खुला सीमा भएकाले  भारतले नेपाललाई खोप आपूर्तिमा प्राथमिकता दिनुपर्ने भन्दै तत्काल खोप आपुर्ती गराउने वातावरणमिलाउन आग्रह गर्नुभएको थियो ।जवाफमा भारतीय स्वास्थ्यमन्त्री हर्षवद्र्धनले यसबारे आफूले सिरम इन्स्टिच्युटसँग बुझेर चाँडै खबर गर्ने बताएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई मन्त्रीबीच कोभिड–१९ को दोस्रो लहरसँग मिलेर लड्ने बारेमा पनि कुराकानी भएको बताइएको छ । 
आजै परराष्ट्रमन्त्री ज्ञवालीले पनि  सोही विषयमा भारतीय समकक्षी एस जयशंकरबीच कुरा गर्नुभएको छ । 

परराष्ट्रमन्त्री ज्ञवालीको टेलिफोन संवादमा जयशंकरले खोप आपूर्तिमा सहजीकरण गर्ने जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सिरम इन्स्टिच्युटले नेपाललाई सम्झौताअनुसार थप १० लाख डोज खोप दिन बाँकी छ । खोप समयमै नआउँदा नेपालको खोप अभियान प्रभावित छ । आफुले खरिद गरेको खोप रोकिएपछि नेपालले कुटनीतिक पहल थालेको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १ : ३४ बजे