साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

नेपाल इन्जिनियरिङ कलेजमा २४ जना विद्यार्थीले एकै पटक प्रयोग गर्न मिल्ने उपकरण जडान

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयोगशाला प्रारम्भ भएको छ ।

पोखरा विश्वविद्यालयले हालै परिमार्जन गरेको पाठ्यक्रम बमोजिम विद्यार्थीलाई प्रयोगात्मक सीप दिन नयाँ प्रयोगशाला स्थापना भएको कलेजले जनाएको छ ।

कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले एक पटकमा २४ जना विद्यार्थीले एकै पटक प्रयोग गर्न मिल्ने जनाउनुभयो । यसका लागि आवश्यक सबै सामग्री कलेजले केही हप्ता अगाडि खरिद गरेको पनि बताउनुभयो । 

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : ५९ बजे