मौसम: आज पनि पानी पर्ने सम्भावना

काठमाडौँ  । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराई भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर सामान्य बदली रहने छ। कोसी र मधेस प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराईका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन र चट्याङ तथा हावाहुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : ५९ बजे