काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।
ललितपुरको सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुङ्गो लगाउने विषयमा छलफल भइरहेको छ ।
सत्ता गठबन्धनको बैठकमा काँग्रेसलाई आठ वटा मन्त्रालय दिने सहमति भएपछि बसेको कार्यसम्पादन समिति बैठकले सरकारमासहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने नेताहरूले जानकारी दिएका छन् ।
साथै बैठकले आगामी १० वैशाखमा हुने उपनिर्वाचनसहित समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार ११ : ४० बजे
प्रतिक्रिया