राष्ट्रपति भवनमा घटस्थापना

लुम्बिनीमा आजदेखि दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुँदै

बुटवल । नेपाल पत्रकार महासङ्घको आयोजनामा लुम्बिनीमा आजदेखि दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुदैँछ ।

महासङ्घले आफ्नो ६८औँ स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलका अनुसार आजदेखि लुम्बिनीमा सुरु हुने लुम्बिनीमा गरिने मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरण, आर्थिक सङ्कटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनलगायत अन्य विषयमा छलफल हुनेछन् । 

सो सम्मेलनमा सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र अनुसन्धाताको समेत सहभागी रहनेछ भने सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुनेछन् । सम्मेलनको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

चैत १६ गते महासङ्घले स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासीमा प्रभातफेरी समेत गर्नेछ भने परासीमै महासङ्घको ८औँ बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको महासङ्घले जनाएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ७ : ४० बजे