सडक यातायात क्रमशः सहजतातर्फ

सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितका बिचको वार्ता आज

काठमाडौँ । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बीचमा आज वार्ता हुदैँछ । 

पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समुहबीच आज बिहान छलफल हुन लागेको हो।

गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बीचमा आज बिहान १०ः०० बजे गृह मन्त्रालयमा छलफल हुनेछ । 

आज बिहान १०ः०० बजे हुने छलफलमा सरकारी समितिका तर्फबाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिनुभयो।

सो समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य हुनुहुन्छ भने मिटर ब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा सङ्घर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनहुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ७ : २१ बजे