राष्ट्रपति भवनमा घटस्थापना

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, मन्त्रीहरूको टुङ्गो लगाउने

काठमाडौँ  । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउनेबारे छलफल गर्न काँग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।

''पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगरमा २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छु'', केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो। उहाँका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।

यसअघि, गत मङ्गलवारका लागि बोलाइएको बैठक दुई दिनपछि बिहीबारका लागि सारिएको हो ।  

बालुवाटारमा बुधवार बसेको सत्ता गठबन्धनको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताउनुभएको छ । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली काँग्रेसलाई  ८, नेकपा एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई एक राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ६ : ५७ बजे