राष्ट्रपति भवनमा घटस्थापना

आजको मौसम : यी भू–भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना 

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोसी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उता राती भने कर्णाली र सुदूरपश्चिमसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ । 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ६ : ३१ बजे