राष्ट्रपति भवनमा घटस्थापना

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । 

अहिले केही बेरअघि सुरु भएको बैठकमा मन्त्रालय भागबन्डामा सहमति जुटाउनुको साथै न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्ने तयारी छ ।

मङ्गलवार साँझ बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका नेताहरूलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गर्नुभएको थियो । त्यो मस्यौदामा आजको बैठकमा नेताहरूले आ आफ्ना राय सुझाव प्रस्तुत गर्ने बताइएको छ । 

मङ्गलवारको बैठकमा मन्त्रालय बाँडफाँटका बारेमा पनि छलफल भएको थियो । तर काँग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३/३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि सहमति जुट्न सकेको थिएन । मन्त्रालय सङ्ख्यामा दलहरूको दाबी धेरै हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिमण्डल विस्तार गर्न कठिन भएको छ । 

आजको बैठकमा मन्त्रालय बाँडफाँटका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : २६ बजे