राष्ट्रपति भवनमा घटस्थापना

एमाले अध्यक्ष ओली आज पाल्पाको रानी महल जानुहुँदै

बुटवल ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पाल्पाको रानी महल जाँदै हुनुहुन्छ ।

पाँच दिनदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहनुभएका अध्यक्ष ओली आज पाल्पाको रानी महल जान लाग्नुभएको हो । 

अध्यक्ष ओलीको सचिवालयका अनुसार अहिले पाल्पाको तानसेनमा रहनुभएका अध्यक्ष ओलीले रानी महलको अवलोकनपछि बुटवल पाल्पा सडक खण्डको सिद्ध बाबाको प्रस्तावित सुरुङ मार्गको पनि निरीक्षण गर्नुहुनेछ । सधैँ पहिरोको चपेटमा पर्ने सडकको यो खण्डमा अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको थियो ।

अध्यक्ष ओलीले आजै बुटवलस्थित लुम्बिनी टेलिभिजनको साधारण सभाको उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी बुटवलमा रुपन्देही जिल्ला स्तरीय कार्यकर्ता भेलालाई समेत सम्बोधन गरेर साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

यसैगरी चैतको २२ र २३ गते अध्यक्ष ओली रोल्पा र रुकुमका विभिन्न कार्यक्रममा सहभागी हुन जाने तयारी गर्नुभएको छ । 

 

 

 

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : ०६ बजे