राष्ट्रपति भवनमा घटस्थापना

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौँ ।  सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । 

मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ः०० बजेका लागि बैठक बोलाइएको छ ।

मङ्गलवार साँझ बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका नेताहरूलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गर्नुभएको थियो । त्यो मस्यौदामा आजको बैठकमा नेताहरूले आ आफ्ना राय सुझाव प्रस्तुत गर्ने बताइएको छ । 

मङ्गलवारको बैठकमा मन्त्रालय बाँडफाँटका बारेमा पनि छलफल भएको थियो । तर काँग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३/३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि सहमति जुट्न सकेको थिएन । आजको बैठकमा मन्त्रालय बाँडफाँटका बारेमा पनि छलफल हुने बताइएको छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ०७ बजे