राष्ट्रपति भवनमा घटस्थापना

वन क्याम्पस पोखराको स्ववियु सभापतिमा अनेरास्ववियुका समीर कार्की निर्वाचित

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वन विज्ञान अध्ययन संस्थान,(वन क्याम्पस)पोखराको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका समीर कार्की निर्वाचित हुनुभएको छ । 

अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट कार्की सभापति निर्वाचित हुनुभएको हो ।

कार्की २ सय ९५ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको हुने । उहाँका प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका मुबारक अलिले १ सय ३६ मत प्राप्त गर्नुभयो। क्याम्पसमा ४ सय ८० मतदाता रहेकोमा ४ सय ३४ जनाले मतदान गरेका थिए ।

सचिवमा अखिल क्रान्तिकारीका धिराजन परियार निर्वाचित हुनुभएको छ । उहाँले २ सय ७७ मत ल्याउँदा नेविसंघका कीर्तन पण्डितले १ सय ४९ मत पाउनुभयो । कोषाध्यक्षमा सुस्मिता कोइराला विजयी हुनुभयो । उहाँले २ सय ८२ र नेविसंघका कीर्ति कँडेलले १४७ मत पाउनुभयो ।

सदस्यमा महादेवसिंह कुश्वाह, अनिसा आचार्य, दीपा कार्की, गरिमा गुरुङ र लोकराज थापा निर्वाचित हुनुभएको छ । 

 

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : २५ बजे